Bhane paxi mcc thikai ho Dambar sir?
राजस्वले चालू खर्च नधान्ने देशले अनुदान नलिई विकास गर्छु भन्नूभन्दा मुर्खता के हाेला? यस्ताे कुबुद्विले त त्यही महेन्द्र राजमार्ग पनि बन्ने थिएन, देश पुर्वाधारका दृष्टिले राणाकाल मै हुन्थ्याे।कि कुनै जादुगर निस्कन पराे अर्थतन्त्र र राष्ट्रिय बजेटकाे संरचनै बदल्न सक्ने? छ काेही?
नौ प्रतिसत,थोरै मात्र असर पर्यो भनेर मक्ख पर्नु भएको हो कम्रेड? पंचायत कालमा एक जनालाई कम्म्युनिष्ट बनाउन कत्ती मिहेनत गर्नु पर्थ्यो,एक जना पक्राउ पर्यो वा केही भयो भने कत्ती क्षति हुन्थ्यो, आगोको सानो झिल्कोले विशाल डढेलो लाग्छ भनेर सिकिन्थ्यो, सिकाइन्थ्यो। नौ प्रतिसत कम आँक्ने?
पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा ९ प्रतिशत मात्र असर पर्योः ईश्वर पोखरेल nagariknews.nagariknetwork.com/politics/62074…
कसैले लिनै पर्छ, खानै पर्छ भन्छन। कसैले लिनै हँदैन, खानै हुँदैन भन्छन।दिनेले फेरि भन्छ- तिमिहरुले लिनै पर्छ, खानै पर्छ, सबै मिलेर खाउ, सबै नमिले पनि मिल्ने जति मिलेर खाउ। अचम्म लाग्दो कुरा, खान्न, लिन्न, मलाई पर्दैन भन्दा पनि लिइ कि लिइ, खा कि खा भन्छन। के हो? सन्दर्भ MCCको।
यो सहि हो डम्बर सर।
समाजवाद विनाकाे लाेकतन्त्र पुँजीवाद हाे,जहाँ स्वतन्त्रता हुन्छ,समानता र न्याय हुँदैन। लाेकतन्त्र विनाकाे समाजवाद साम्यवाद हाे, जहाँ समानता हुन्छ,स्वतन्त्रता र न्याय हुँदैन।सहभागीतामुलक समावेशी लाेकतन्त्रमा मात्र समाजवाद संभव जहाँ स्वतन्त्रता,समानता, न्याय र संमृद्वि एकसाथ हुन्छ।
समावेशी / सहभागितामूलक समाजवाद सँग सँगै बैज्ञानिक समाजवाद उपयुक्त हुन्छ डा साब।
‘समाजवाद’शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ।नयाॅ दर्ता भएका दलहरूको नाउॅबाट त्यस्तै संकेत मिल्छ।पुॅजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो।अब बहस होस् कस्तो समाजवाद?प्रजातान्त्रिक समाजवाद?वैज्ञानिक समाजवाद?समावेसी/सहभागितामूलक समाजवाद?
डम्बर सर अब थ्रेस होल्डको प्रतिशत अलि बढी राख्दा यो समस्या कम हुन्छ होला होइन र?
तत्काललाई याे भयाे,त्याे भयाे,याे पार्टी फुट्याे,त्याे पार्टी फुट्याे,याे यता लाग्याे,त्याे उता लाग्याे भनेर जतिसुकै रमाउँ,रमिता हेरु,ताली बजाउँ,हाहाहुँहु गर्दै मज्जा लिउँ,समग्रमा याे सभ्यतास्तरकाे क्षय र लाेकतन्त्रकाे घटियाकरण हाे।दीर्घकालमा यी हर्कतबाट कसैलाई कुनै फाइदा हुनेछैन
डा साब " झर्ला र खाउँला" भन्ने होला एउटा कारण, अर्को चाहिँ "बूढो बा कुन दिन मर्छ र बा को सम्पत्ती हात पार्न पाइन्छ" ? भन्ने हुनु पर्छ।
हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र?खै चेत?
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!
ल हेर शंकर पाेखरेलकाे चर्तिकला!लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्।शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे।तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन्?
डम्बर सरको बिचार ठिक हो, तर नेपालमा यो सम्भव छ जस्तो लाग्दैन। देशका ठुला भनाउँदा मान्छेले जस्तोसौकै गल्ती गरे पनि ढाकछोप गरिन्छ। ५३/५४ सालमा सांसद खरिदबिक्रि र सुरासुन्दरिको कुरा,सांसद पद करोडौंमा खरिद, कूट्नीतिक राहदानी बिक्रि यी यस्ता घट्नाहरु ठूलै भनाउँदाहरु बाट हुँदै आएका छन
कित मुख्यमन्त्री शंकर पाेखरेललाइ अपहरण तथा शरीर बन्धक ऐन अन्तर्गत मुद्दा लगाईनु पर्छ कित झुठ बाेलेकी हुन भने विमला वली माथि नै कार्वाही हुनु पर्दछ, राजनीति र अपराधबीच सीमारेखा काेर्नै पर्छ । संसदीय खेलमा यस्तै हाे भनेर हरेक घटिया क्रियाकलापलाई सधै सामान्यीकरण गर्नु उचित हुँदैन।
एमाले र माओवादीको तुलना गर्दै के पि बा भन्थे-"बिज्ञानको नियम अनुसार सालको रुखको आयु सय वर्ष र मकैको आयु तीन महिनाको हुन्छ।" तर यो पनि सत्य हो कि जति लामो आयु भए पनि एक दिन सालको रुख पनि बूढो हुन्छ, मक्किन्छ र ढल्छ अनि आगो लाग्यो भने के हुन्छ?
यस्ता कुकुरहरुलाई त सामाजिक सन्जाल संचालकहरुले बहिस्कार गर्नु पर्ने। अलि सभ्य भाषा प्रयोग गर्दा के हुन्थ्यो?
त मुउउ.. कति गतिलो छस तेरो दलाली सबैमा जनजाहेर छ धर्म मासिस,समाज फुटाइस,संस्कृत मासिस अब तेरो हैसियत आज र भोलि केही छैन कुत्ता होस त ।
United States Trends
- 1. Hunter 1,21 Mn posts
- 2. tannie 52,1 B posts
- 3. Yeontan 180 B posts
- 4. #Brokeflyday 3.063 posts
- 5. Josh Allen 50,1 B posts
- 6. 49ers 56,6 B posts
- 7. Burisma 43,2 B posts
- 8. Bills 162 B posts
- 9. #BaddiesMidwest 21,4 B posts
- 10. Niners 11 B posts
- 11. Dolly 15,7 B posts
- 12. Big Guy 75,2 B posts
- 13. Montas 3.785 posts
- 14. Manafort 14,1 B posts
- 15. Roger Stone 13 B posts
- 16. Purdy 9.040 posts
- 17. NO ONE IS ABOVE THE LAW 45,7 B posts
- 18. Kushner 45,2 B posts
- 19. Verified 33,9 B posts
- 20. Good for Joe 33,9 B posts
Something went wrong.
Something went wrong.