@SarojPo51816539 Profile picture

Saroj Pokharel

@SarojPo51816539

एक चेतनशील आम नागरिक...

Similar User
बिशेष photo

@landcruiser2021

Bishnu Prasai photo

@PrasaiBishnu

Parasmani pokharel photo

@Parasmanipokha1

𝕿𝖊𝖏 𝕻𝖗𝖆𝖘𝖆𝖉 𝕷𝖆𝖒𝖎𝖈𝖍𝖍𝖆𝖓𝖊 photo

@TejSharma1971

रोशन शिबाकोटी 🙏 photo

@roshansibakoti

Kamal Bhattarai photo

@KamalBh12278882

Swasthya Pharmacy & Diagnostic Clinic photo

@ClinicSwasthya

Changaa Khanal photo

@Changaa100

Mr.Bahadur⚔️🇳🇵 photo

@Bhahadur17

Bishwonath Dahal photo

@BishwonathD

साईनो🇳🇵🚩 photo

@sainonepal

दिपक मण्डेल दर्शन🇳🇵 photo

@DeepakMandel8

Anjan Bishwokarma photo

@bishwokatma

KhagendraRaj Sitoula photo

@PrithiviBichar

विपक्षि पार्टी photo

@Krishna33420442

Pinned

१६५ करोड भनेको सानो पैसा होईन! यो भ्यू टावरको ठाऊमा मल कारखाना वा चीनी कारखाना खोल्न सकीन्थ्यो?अथवा एकै ठाऊमा आवासीय बिद्यालय,प्राविधिक बिद्यालय,मेडिकल कलेज (अस्पताल),२०/२५ वटै मझौला उद्योग खोल्न सकिन्थ्यो! तर हेर बुढाको बुद्धि! नेतामा भिजन चाहिन्छ भनेर त्यतिकै भनिएको होइन नि!

Tweet Image 1

देश परदेश गरेर करोडौ आम्दानी गरेको सारंगीले अझै मनग्ये कमाऊन बाकी नै छ।यति औधी कमाऊदा यस चलचित्रको सफलताको स्वाद गन्धर्व समुदायले पनि चाख्न पाऊनु पर्छ जस्तो लाग्छ।यिनीहरुको बिपन्नता पहिचान गरी जीवन उत्थानका साथै संततीको पठनपाठनको पनि उचित व्यवस्था गर्न सके सुनमा सुगन्ध हुन्थ्यो।


चिन्नु हुन्छ यिनलाई ? पर्दा पछाडीका श्रष्टा दर्शकलाई हलमा धरधरी रूवाउने पूर्ण बहादुरको सारंगीका लेखक तथा निर्देशक हुन यिनी । ✍️⭐️👏

Tweet Image 1

सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन । - निकोलस पाण्डे (निर्माण व्यवसायी)


जुन समाजमा शिक्षित व्यक्ति गरीब र अपराधी धनि हुन्छन । त्यो समाजको नयाँ नस्ललाई यो सम्झाउन सकिदैन कि शिक्षा सफलताको कुंजी हो । - रोबर्ट मुगावे


यो अन्तर्वातामा चार चार पटक प्रधानमंत्री हुदा पनि आफ्नो मुहार र मृगौला बाहेक केहि फेर्न नसकेका ओलीको बोली सुन्दा, यिनको अकड र दम्भ देख्दा सामान्य मान्छेलाई भाऊन्न हुन्छ। यि भ्रष्ट नार्सिसिस्टले देश र जनताका लागि केहि उल्लेखनिय काम गर्छन भनेर ठान्नु गुलेलीले गैंडा मार्नु जस्तै हो।

Tweet Image 1

प्रकाशमान सिंह राऊत अहिले देशको प्रधानन्यायाधीश छन । उनले गरेका न्याय सम्पादनको बारेमा खासै जानकारी त छैन । तर कान्तिपुर कनक्लेवमा उनको जोडदार प्रस्तुति सुन्दा ऊनको कार्यकालमा निष्पक्ष न्यायालयको आस गर्न सकिन्छ कि जस्तो भान भयो । सम्माननियको कार्यकाल विवादरहित र न्यायपूर्ण रहोस !


ऊनीहरुको राज छ भनेर हुदैन । धनराज र ऋषिकेश लगायत जो जो छन सबैलाई सहकारी ठगीको केसमा थुन्नु पर्छ । प्रतिशोधयुक्त र पक्षपातपूर्ण राजनीतिक व्यवहार कानूनी राज्यको विशेषता एवं धर्म होइन ।


नेताहरुले आँट गर्न सकेनन भने अदालतको जिम्मा लगाई दिदा हुन्छ । नेताहरूले बारम्बार मन्त्री बनाएकाहरु धमाधम खोरमा जादैछन । अब बाकी अरुलाई पनि बाकी राख्नु हुदैन ।


घरी धरी दुःख नआऊने हो भने मान्छेले यहाँ भगवान धरी बिर्सीन्थे । मान्छेले मान्छे बिर्सीनु कुन नौलो कुरा भयो र ! 🌸☕️🧡


थोरै जनसंख्या भएको सुंदर देश हो यो । सहर, गाऊँ सबै सुन्दर र आकर्षक बनाऊन सकिन्छ । थोर बहुत कमाऊने बेनियम र बेथितमै रमाऊने अनपढ, अज्ञानी जनता धेरै छन यहाँ । झट्ट हेर्दा मन कटक्क त हुन्छ । तर असभ्य, अज्ञानी जनतालाई कडा नियममा नबाधी देश सुंदर, मनोरम र व्यवस्थित कसरी हुन्छ हजूर !?


फटाहाहरु हल्ला फैलाऊछन । मूर्खहरु बिश्वास गर्छन । ✍️🌸☕️🧡


अस्पतालमा पहिला जाच हुन्छ पछि रिपोर्ट आउछ । थानामा पहिला रिपोर्ट हुन्छ अनि जाँच हुन्छ । “सबै ठाऊमा एऊटै नियम कहाँ हुन्छ !”भन्नु हुन्छ माईला दाई । 🤗


यदि कोहि दयालु, निस्वार्थ, निडर, निष्पाप, निष्कलंक व्यक्ति भेटनु भयो झुकेर प्रमाण गर्नूस । कलियुगमा यस्ता व्यक्ति पनि सानातिना भगवान नै हुन । ✍️🌸🌼⭐️


हाम्रा नेताका घनिष्ठ पत्रकार खिसी हमलाका अनुसार डोलाल टुम बिश्व कै शक्तिशाली राष्ट्रपति भएका छन। यि लाटो देशको गाँडो तन्नेरीले पत्रकारीता क्षेत्रको साख नै राख बनाऊने भए। अरु कुरा त यस्तै हो यस्ता लठ्ठक पत्रुकारले बोलाऊदा पनि गम्मक परेर जाने गन्यमान्यहरु देखेर त झन विचित्र लाग्छ!!


अधिकांश जनता आजित छन तथापी बहालवाला प्रधानमंत्री चाहे त्यो ओली, देऊवा वा प्रचण्ड जो सुकै होस सरोकार भएन।तर सरकार प्रमुखलाई सामाजिक संजालमा आएर बारम्बार जसरी हुन्छ मारौ, मार्नु पर्छ भन्ने मान्छे मानसिक हिसाबले सद्धे होईन । यि मनोरोगीलाई सजाय भन्दा पनि इलाजको आवश्यकता बढि देखिन्छ ।


नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक, इंस्टाग्राम, ट्विटर(एक्स) बाट बधाई तथा शुभकामना दिने सम्पूर्ण मित्रहरूको शुभकामना संदेश अमेरिकी राजदुतावास मार्फत डोनाल्ड ट्रम्प सम्म पूर्याऊने व्यवस्था अविलम्ब गरियोस सरकार ! 🤗


मजाक मै किन नहोस ! जो व्यक्ति आफूलाई गरीब भन्छ त्यो व्यक्ति जीवनमा कहिल्यै धनि हुन सक्दैन । 🌸☕️🧡


बुवा आमालाई सुख र श्रद्धाका साथ राख्न नसक्ने, बुवा आमालाई वृद्ध आश्रम लगेर राख्ने निर्दयी छोरा बुहारी पनि पूर्ण बहादुरको सारंगी हेरेर रोये रे ! 🤗


कमला ह्यारिस त कमला हारीस हुन्छिन कि क्या हो ! स्थिति त्यती राम्रो छैन त !🤗


खबर वा समाचार त त्यो हो जून लुकाउन वा दबाऊन खोजिन्छ । बाकी सब त बस सामान्य ज्ञान, जानकारी र विज्ञापन हो ।✍️☕️🌸 #सम्पादित#


Loading...

Something went wrong.


Something went wrong.